२०८२ मंसिर ९, सोमवार , १०:३०:३६ बजे

Sajhamanch
'

चितवनबाट फरार बन्दी झापामा पक्राउ

सोमवार, मंसिर ९, २०८२

झापा । जेन्जी आन्दोलनक्रममा चितवनबाट फरार बन्दी झापामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनु भयो ।

सुब्बा सालकको अखेटोपहार मुद्दामा चितवन कारागारमा बन्दी थिए । प्रहरीले खोजतलासका क्रममा उनलाई घरबाटै आइतबार पक्राउ गरेको जनाएको छ ।

चितवन कारागारबाट भागेपछि सुब्बा आफ्नै घरमा आएर लुकिछिपी बस्दै आएका थिए । पक्राउपछि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएका सुब्बालाई चितवन कारागारमा पठाइने भएको छ ।

सम्बन्धित खबर