
झापा । बिग ब्रदर ब्याडमिन्टन हल बिर्तामोडका सञ्चालक उमेश बोहोरामाथि हतियार प्रहार भएको छ । गएराति ९ बजे बिर्तामोड नगरपालिका-५ महानन्द चोक निवासी ५० वर्षीय उमेश बोहोरालाई सोही ठाउँका वर्ष ४८ का मेदनीप्रसाद मैनालीले हतियार प्रहार गरेका हुन् ।
पेट, दुवै कोखा र दुवै हातमा चोट लागेका घाइतेको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।हतियार प्रहार गरेर फरार भएका मैनालीलाई राति ११ बजे उनको घरबाट इलाका प्रहरी कार्यालय बिर्तामोडबाट गएको टोलीले पक्राउ गरेको हो । सामान्य विवाद हुँदा मैनालीले हतियार प्रहार गरेको बताइएको छ ।


