
काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले तेस्रो सातामा प्रदर्शन भइरहेको नेपाली पारिवारिक फिल्म ’परान’ हेरेकी छिन् ।
सोमबार राती ८ बजे क्यूएफएक्सको दरबारमार्गस्थित हलमा फिल्म हेरेपछि उनले मिडियासँग संक्षिप्त प्रतिक्रिया दिइन् ।फिल्मको कथावस्तुमा वर्तमान नेपालको यथार्थ भेटिने उनले बताइन् ।उनले भनिन्, ‘अहिलेको अवस्थामा नेपालको यथार्थ यही हो । नेपाली विदेश पलायन भइराखेको अवस्था छ । परान हेर्नेहरूले नेपालको यथार्थ भेट्नुहुनेछ ।’
शाह केही आफन्तसहित हलमा पुगेकी थिइन् । फिल्मले पछिल्लो शनिबारसम्म झन्डै १० करोड ग्रसको कमाइ गरेको छ ।अहिले पनि हलमा दर्शकको संख्या अझै उच्च छ ।दीपकप्रसाद आचार्य काकु निर्देशित फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रविण खतिवडा, अन्जना बराइली, महेश त्रिपाठी, बुद्धि तामाङ लगायतको अभिनय छ । फिल्ममा रन्जित आचार्य र शेखर गोल्छा लगानी छ ।


