
झापा । कचनकवल गाउँपालिकाका कर्मचारी वसन्त गणेशको सोमबार राति निधन भएको छ। कचनकवल –५ डाँगावारि निवासी गणेश गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत थिए । गणेश लामो समयदेखि मल्टिअर्गन फेलियर रोगबाट पीडित थिए।
शरीरले रगत उत्पादन गर्न छाडेपछि उनी उपचाररत अवस्थामा मेची प्रादेशिक अस्पतालमा सोमबार बिहान करिब २ बजे निधन भएका पारिवारिक स्रोतले जनाएको छ। निधनपछि उनको शव घर ल्याइएको पारिवारिक स्रोतले जनाएको छ।


