२०८२ मंसिर १, आइतवार , ०४:२६:४३ बजे

Sajhamanch
'

करिब २६८ किलो गाँजा बरामद

आइतवार, मंसिर १, २०८२

सुनसरी । धरान उपमहानगरपालिका-१७ र २० को सिमानास्थित चुम्पुले खोलाको जंगलबाट अवैध लागूऔषध गाँजा करिब २६८ किलोग्राम शनिबार राति प्रहरीले बरामद गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिहरूले बोकी ल्याएको १० वटा बोरा फाली फरार भएपश्चात् बोरा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

आइतवार, मंसिर १, २०८२ | अपराध, समाज

सम्बन्धित खबर