२०८२ कार्तिक २८, बिहिवार , ०८:५२:४६ बजे

Sajhamanch
'

संजिवनी साकोसको १८औं स्थापना दिवसमा ४६ पिन्ट रगत संकलन

बिहिवार, कार्तिक २८, २०८२

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको संजिवनी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८औं स्थापना दिवस आज रक्तदान कार्यक्रम गरी सम्पन्न गरेको छ ।

हरेक वर्ष झैं संस्थाले आफ्नो स्थापना दिवसमा रक्तदान कार्यक्रम गरेको हो । संस्थाको नवनिर्मित संजिवनी साकोस भवनको भुईंतल्लामा आयोजित रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेको अध्यक्ष यामकुमार चुडालले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको हो ।

संस्थाले १८औं स्थापना दिवस नवनिर्मित भवन समुद्घाटन गर्दै वार्षिकोत्सवको रुपमा मनाउने पूर्व प्रचारित कार्यक्रम मंसीर २० गते हुनेगरी आज रक्तदानमात्र गरेर मनाइएको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित खबर