२०८२ कार्तिक २८, बिहिवार , १२:२७:४४ बजे

Sajhamanch
'

बीएण्डसी अस्पतालमा नवजात शिशुको मृत्युपछि विवाद

बिहिवार, कार्तिक २८, २०८२

झापा । बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि उत्पन्न विवाद चार बुँदे सहमतिको आधारमा समाधान गरिएको छ।

शिवसतासी नगरपालिका–४ नयाँ बजारका रमेश बासकोटाकी श्रीमती शर्मिला कोइराला (३०) कात्तिक २० गते प्रसूति पीडाका कारण अस्पतालमा भर्ना भएकी थिइन्।

भोलिपल्ट उनले शल्यक्रिया मार्फत सात महिनाको छोरी जन्माएकी थिइन्। जन्मिएको शिशुलाई भेन्टिलेटरमा राखी उपचार भइरहेकोमा हिजो बिहान करिब ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

शिशुको मृत्युमा चिकित्सकको लापरबाही भएको आरोप लगाउँदै मृतकका आफन्तले अस्पताल परिसरमा विवाद गरेका थिए। घटनापछि प्रहरी र स्थानीय प्रशासनको उपस्थितिमा अस्पताल प्रशासन र पीडित पक्षबीच चार बुँदे सहमति भएको हो।

सहमति अनुसार मेडिकल तथा व्यवस्थापन पक्षले घटनाबारे माफी माग्ने, मृतक शिशुको दाहसंस्कारका लागि माई खोलासम्म एम्बुलेन्स उपलब्ध गराउने, बच्चा र आमासम्बन्धी सम्पूर्ण खर्च अस्पतालले व्यहोर्ने र आमा शर्मिला कोइरालाको नाममा एक लाखको कोष स्थापना गरी रकम जम्मा गरिदिने व्यवस्था गरिएको छ।

बिहिवार, कार्तिक २८, २०८२ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर