२०८२ कार्तिक २७, बुधवार , ११:१३:२८ बजे

Sajhamanch
'

बिहारको विधानसभा चुनावले बन्द नेपाल–भारत सीमा नाकामा आउजाउ शुरू

बुधवार, कार्तिक २७, २०८२

महोत्तरी । भारतको बिहार राज्यमा विधानसभा चुनावले बन्द नेपाल–भारत सीमा नाकामा आउजाउ शुरू भएको छ । गएको शनिवार रातिदेखि बन्द गरिएका सीमा नाका गएरातिदेखि खुलेका हुन् ।

मधेश प्रदेशका महोत्तरी, धनुषा, सर्लाही, सप्तरी तथा रौतहटलगायत भारतसँग जोडिएका पूर्वी सिमानाका बन्द गरिएको थियो । महोत्तरीको सीमावर्ती क्षेत्रसहित बन्द पूर्वका नाका खुलेसँगै आवतजावत र चहलपहल बढेको छ ।

हिजो बिहारमा मतदान सम्पन्न भएसँगै आवागमन खुलेको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।

बुधवार, कार्तिक २७, २०८२ | समाज

सम्बन्धित खबर