२०८२ कार्तिक २५, सोमवार , ०१:४७:०६ बजे

Sajhamanch
'

एमालेले बोलायो विघटित संसदीय दलको बैठक

सोमवार, कार्तिक २५, २०८२

काठमाडौं । नेकपा (एमाले)ले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक बोलाएको छ ।

‘मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा छलफल गर्न’ बैठक राखिएको एमालेका नेता महेश बर्तौलाले जानकारी दिनुभयो ।

संसदीय दलको बैठक आगामी मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । प्रतिनिधि सभा विघटन भइसकेको अवस्थामा पनि बर्तौलाले प्रमुख सचेतकको हैसियतमा बैठक बोलाएका छन् ।

सम्बन्धित खबर