२०८२ कार्तिक २५, सोमवार , ०९:०९:०७ बजे

Sajhamanch
'

एमालेका सरोज यादव बने मधेश प्रदेशका नयाँ मुख्यमन्त्री

सोमवार, कार्तिक २५, २०८२

काठमाडौँ । नेकपा एमालेका संसदीय दलका नेता सरोज यादव मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएकी हुन्।बर्दिबासस्थित एक होटलमा भण्डारीले यादवलाई मुख्यमन्त्रीको पदमा शपथ खुवाएकी हुन्। संविधानको धारा १६८ ९३० बमोजिम यादव प्रदेश सभाको ठुलो दलको हैसियतमा मधेश प्रदेशको नयाँ मुख्यमन्त्री बनेका हुन् ।

आफूसहित चार मन्त्रीले प्रदेशप्रमुखबाट शपथ खाएको यादवले जानकारी दिए। तीनजनालाई विनाविभागीय मन्त्री बनाइएको छ।

सम्बन्धित खबर