
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालयका कतिपय कामबारे बोल्न नमिल्ने बताउनुभएको छ ।
आज सामाजिक सञ्जालमार्फत् उहाँले मन्त्रालयको प्रकृति नै संवेदनशील हुने भएकाले कतिपय कामरकारबाहीबारे बोल्न नमिल्ने अवस्था रहेको उल्लेख गर्नुभएको छ ।
जेन–जी समूहका केहीले गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताइरहेका बेला गृहमन्त्री अर्यालले अहिले शुद्ध चित्तले कर्म गर्नेबाहेक आफूसँग अर्को विकल्प नरहेको प्रष्ट पार्नुभएको छ ।
पाइलैपिच्छे सुशासनको बाटो हिँडेर देशलाई चुनावमार्फत निकासमा लैजाने अभिभार पूरा गर्नेतर्फ लाग्ने उहाँले बताउनुभएको छ । उहाँले संवेदनशीलतालाई बुझेर धैर्यता कायम राख्न पनि नागरिकलाई आग्रह गर्नुभएको छ ।


