२०८२ कार्तिक २४, आइतवार , १०:४६:१० बजे

Sajhamanch
'

चन्द्रगढी वन समूहको अध्यक्षमा अनुज खतिवडा विजयी

आइतवार, कार्तिक २४, २०८२

चन्द्रगढी । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको सम्पन्न निर्वाचनमा ७०६ मत सहित अनुज खतिवडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

पाँच वर्षे कार्यकालका लागि भएको निर्वाचनमा निकटतम प्रतिष्पर्धी चुडामणि मैनालीलाई ३८४ मतले पछि पार्दै खतिवडा अध्यक्षमा निर्वाचत हुनुभएको हो ।

वन समूहमा १ हजार ९९५ जना मतदाता रहेकोमा १ हजार ८५७ मत खसेको थियो । अन्य अध्यक्षका प्रतिष्पर्धीहरूमा राजु बरालले २९९, रमेशकुमार न्यौपानेले २५५ र पुन्यप्रसाद पोखरेलले ४७ मत पाउनुभएको छ ।

त्यसैगरी, उपाध्यक्षमा श्रीमन नारायण पौडेल ४७५ मतका साथ विजयी भए भने निकट प्रतिष्पर्धीमा ४३७ मतका साथ ईश्वरीप्रसाद रिजाल, सचिवमा कमला शिवाकोटी ४९२ मतका साथ विजयी हुँदा निकटतम प्रतिष्पर्धीमा रूषा पोखरेल ३२५ मतमा रोकिनुभयो ।

त्यसैगरी, सहसचिवमा बालकुमार राई ६१५ मतका साथ विजयी हुँदा युवराज ढकाल ४४९ मत मात्र पाउनुभयो भने कोषाध्यक्षमा ४५५ मतका साथ मञ्जु खतिवडा अधिकारी निर्वाचित हुँदा मिरादेवी सञ्जेल अधिकारी ४४३ मतमा पाउनुभयो ।

त्यस्तै, खुल्ला महिला सदस्यमा कल्पना दाहाल खतिवडा ७४७ मत तथा नुतन ढकाल ७३६ मतका साथ विजयी हुनुभएको छ । ६ वटा क्षेत्र रहेको समूहमा क्षेत्र नं. २ को संयोजक एकराज भुजेल, सहसंयोजक चित्रकला गिरी, क्षेत्र नं. ३ सूर्यबहादुर अधिकारी संयोजक तथा सञ्जु चम्लागाई सहसंयोजक, क्षेत्र नं. ४ रसत राजवंशी संयोजक तथा सरिता राजवंशी सहसंयोजक, क्षेत्र नं. ५ तोयानाथ बास्तोला संयोजक तथा निर्मला पोखरेल र क्षेत्र नं. ६ को संयोजकमा केदारबहादुर अधिकारी संयोजक तथा गीताकुमारी निरौला कोइराला सहसंयोजक र ९ नम्वर क्षेत्रमा संयोजक भीमबहादुर खवास र सहसंयोजकमा इन्दिरा शाही विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

झापाको सदरमुकाम भद्रपुर नगरपालिकाको वडा नं. ९ र १० मा अवस्थित २ हजार ३८३ घर धुरी र ४३०.५९ हेक्टरमा फैलिएको यो वन २६ वर्ष अगाडिबाट समूहको स्वामितवमा आएको चारआली निचाझोडा जंगल अन्तरगत रहेको छ ।

सम्बन्धित खबर