
बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको संयोजन र व्यवस्थापनमा कात्तिक ५ गते अतिथि सदनमा आयोजित सामुहिक देउसी कार्यक्रमको आम्दानी तथा खर्चको विवरण आज विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।
एमाले नगर कमिटीका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा आयोजित सो विशेष कार्यक्रममा उहाँले अतिथि सदनसम्म पुगेर रकम प्रदान गर्नुहुने सम्पूर्ण दाताहरुलाई धन्यवाद दिँदै आर्थिक पारदर्शिताका लागि विवरण प्रस्तुत गरिएको बताउनु भयो ।
सो देउसी कार्यक्रममा २ लाख एक हजार २७० रुपैयाँ आम्दानी गरी ५४ हजार १३० रुपैयाँ खर्च भएको र बचत रकम नगर पार्टी कमिटीले कार्यालय बहाल लगायतमा खर्च गर्ने गरी राखिएको जानकारी दिनुभयो ।

सो कार्यक्रममा देउसी कार्यक्रम सञ्चालन गर्न सहयोगी भूमिका खेल्ने नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर समिति र राष्ट्रिय जनसांस्कृतिक महासंघ बिर्तामाड नगरसमितिलाई प्रशंसापत्र प्रदान गरियो । उक्त सम्मान पत्रहरु बिर्तामोड नगर समितिका अध्यक्षहरु क्रमशः युवराज निरौला र प्रेमकुमार खरेललाई हस्तान्तरण गरिएको थियो ।
यसैगरी बिर्तामोडको शान्ति व्यवस्थालाई कायम राख्न भूमिका खेल्ने युवाहरुको समूहलाई पनि सो कार्यक्रमका बीच सम्मानपत्र प्रदान गरी खादा ओढाइएको थियो ।

नगर कमिटीका सचिव अम्बिका लिङ्देनले सञ्चालन गरेको सो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य अमृतलाल राजवंशी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य हरिचरण सिवाकोटी, नेपाल उद्योग तथा व्यवसायी महासंघ झापाका अध्यक्ष पर्वत कार्की र राष्ट्रिय जनसांस्कृतिक महासंघ झापाका अध्यक्ष डा. कुमार सुवेदीले मन्तब्य राख्नु भएको थियो ।
भिडियो पनि छ …….
https://www.facebook.com/share/v/1A3muqojMP/


