
काठमाडौं । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ रोल्वालिङ हिमशृंखलाअन्तर्गत यलुङ री हिमालको आधार शिविरमा गएको हिमपहिरोमा सात जनाको ज्यान गएको पुष्टि भएको छ ।
अझै एक जना बेपत्ता भएका र हिजो बेलुकी उद्धार गरिएका चार जनाको उपचारका लागि काठमाण्डौ पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले जानकारी दिनुभयो ।
केही दिनदेखि रोल्वालिङ उपत्यकामा हिमपात भएको थियो ।


						
						
						