२०८२ कार्तिक १८, सोमवार , ०३:५९:३४ बजे

Sajhamanch
'

आदर्श साकोस दूधेको खुद नाफा साढे १९ लाख, इकाइगत साधारणसभा सम्पन्न

सोमवार, कार्तिक १८, २०८२

शिवसताक्षी । यहाँस्थित दूधे बजारमा रहेर शिवसताक्षी नगर क्षेत्रमा वित्तीय कारोबार गर्दै आएको श्री आदर्श बचत तथा ऋण सहकारी संस्थाले २०औं वार्षिक साधारण सभा अन्तरगत इकाइगत साधारण सभा आइतबार सम्पन्न गरेको छ ।

संस्थाले तीन स्थानमा इकाइगत साधारण सभा गरेको हो । शिवसताक्षीको वडा नम्बर ४, ५ र ६ का शेयर सदस्यहरुका लागि बोलोचोक बजार, वडा नम्बर १, २ र ३ का सदस्यहरुलाई भगवती आधारभूत विद्यालयको सभाहल डँुडामारी र वडा नम्बर ७, ९, १० र ११ का लागि दूधे बजारमा सभा गरिएको संस्थाका व्यवस्थापक प्रकाशचन्द्र पोख्रेलले जानकारी दिनुभयो ।

संस्थाको अन्तिम माइन्युट प्रमाणिकरण साधारणसभा कार्तिक २२ गते संस्थाको कार्यालय दूधेमा गरिने व्यवस्थापक पोखरेलले जनाउनु भएको छ ।

वि. सं. २०६२ साल मंसिर २९ गते डिभिजन सहकारी कार्यालयमा भद्रपुरमा २६ जना सदस्यहरुबाट ५२ हजार शेयर पुँजी संकलन गरी दर्ता पछि कारोबार सुरु गरेको संस्थाले १९ वर्ष पूरा गर्दा २ हजार ६८५ जना शेयर सदस्य कायम गरेको छ । जसबाट संस्थाको शेयरपुँजी १ करोड ८८ लाख ३४ हजार ३०० पुगेको साधारणसभामा वितरित प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले आर्थिक वर्ष २०८१/०८२ मा ९८ करोड ९३ लाख १३ हजार २१५ बराबरको कारोबार गरेको र १९ लाख ४१ हजार ५२९ खुद नाफा गरेको संस्थाका अध्यक्ष चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

संस्थाका शेयर सदस्यहरुको सकारात्मक सोच, निरन्तर सहभागिता र सहयोगले गर्दा संस्थाद्वारा सञ्चालित कार्यक्रमहरु कार्यान्वयन भएको अध्यक्ष थापाले बताउनु भयो । जसले गर्दा आदर्श साकोस आज नमूना सहकारीको रुपमा स्थापित भई सदस्यहरुलाई अधिकतम सेवा पुर्याउन सफल भएको उहाँको दावी छ ।

साधारण सभामा संस्थाका कोषाध्यक्षको प्रतिवदेन सञ्चालन समिति सदस्य लोकमणि गौतमले बाचन गर्नु भएको थियो । त्यस्तै लेखा सुररिवेक्षण समितिको प्रतिवदन विष्णुलाल भट्टराईले प्रस्तुत गर्नु भएको थियो ।

संस्थाका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक प्रकाशचन्द्र पोख्रेलले गर्नुभएको थियो ।

सम्बन्धित खबर