२०८२ कार्तिक १८, सोमवार , ०१:२०:५८ बजे

Sajhamanch
'

विराटनगरको सिघिया खोलामा एक युवकको शव

सोमवार, कार्तिक १८, २०८२

विराटनगर । विराटनगर–१४ विष्णुटोल नजिक सिघिया खोलामा एक पुरुषको शव फेला परेको छ।

शनिबारदेखि हराइरहेका ३० वर्षीय श्रवणकुमार मण्डलको शव सोमबार (आज) बिहान खोलामा भेटिएको प्रहरीले जनाएको छ।

मण्डल सिघिया खोलामा हराएको भन्दै परिवारले खोजी गरिरहेको थियो। घटनास्थलमा मोरङ जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रानीको टोली पुगेको छ र घटनाको अनुसन्धान सुरु गरेको मोरङ प्रहरीकी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिनुभयो।

पक्राउ परेका प्रमाण तथा घटनास्थलको प्रारम्भिक अनुसन्धानपछि शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

सोमवार, कार्तिक १८, २०८२ | अपराध, समाज

सम्बन्धित खबर