
- उमानाथ भण्डारी
कमल । झापाको कमल गाउँपालिकाले पर्यटनको सम्भावना बोकेका स्थान साधुहोली सिमसार तथा पर्यटकीय क्षेत्रको निर्माण द्रुत गतिमा गरिरहेको छ ।
वडा नम्बर ५ सिम्लेस्थित आन्तरिक पर्यटनको अत्यन्तै ठूलो सम्भावना बोकेको साधुहोली सिमसार तथा पर्यटकीय क्षेत्रको विकासका लागि पालिकाले गुरुयोजनासहित लगानी गरेको हो ।
पर्यटन क्षेत्रको विकास गर्नसके समग्र पालिकाको विकास हुने भएकोले पालिका भित्र पर्यटनको सम्भावना बोकेका क्षेत्रको विकासका लागि गाउँपालिकाले योजना बनाएर काम गरिरहेको बताइएको छ ।

साधुहोली सिमसार तथा पर्यटकीय क्षेत्रको विकासका लागि गाउँपालिका र दिगो पर्यटन परियोजनाको लागत साझेदारीमा निर्माणको काम द्रुत गतिमा भइरहेको र अन्तिम चरणमा पुर्याइएको गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई बताउनु हुन्छ ।
सिमसार क्षेत्रलाई व्यवस्थान गर्न अर्थ मन्त्रालयको सहयोगमा पोखरीमा खुट्टाले चलाउने बोट (नाउ) ३ थान, शौचालय निर्माण, पोखरीको वरिपरी तारजालीको पर्खाल र बिजुलीको पोल बिस्तार गर्न मन्त्रालयबाट बजेट प्राप्त भएको अध्यक्ष राईले जानकारी दिनुभयो ।


