
काठमाडौं । शेयर बजार उच्च अङ्कले बढेर दुई हजार छ सय विन्दु पार गरेको छ । आज शेयर बजार परिसूचक नेप्से ३४.२२ अङ्कले बढेर २६००.३८ विन्दुमा पुगेको हो ।
आज म्यूचुअल फण्ड बाहेक सबै समूह बढेर बजारमा हरियाली छाउँदा जलविद्युत् समूह साढे दुई प्रतिशत भन्दा धेरैले बढेको छ । गुराँस लघुवित्त र उन्नती सहकार्य लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लाग्यो ।
आज नेप्सेसँगै कारोवार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । हिजो पाँच अर्ब ४५ करोड ९७ लाख रुपैयाँको कारोबार भएकोमा आज ३१९ वटा कम्पनीका दुई करोड ६० लाख कित्ता शेयर सात अर्ब ५१ करोड रुपैयाँ भन्दा बढीमा किनबेच भएको छ ।


