२०८२ कार्तिक १४, बिहिवार , १०:०९:४३ बजे

Sajhamanch
'

झापामा लागूऔषधसहित पाँचजना पक्राउ

बिहिवार, कार्तिक १४, २०८२

झापा । झापाको कमलमा प्रतिबन्धित लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । गएराति कमल गाउँपालिका-५ मंगलबारे बस्ने बिष्णु राजवंशीको घरमा लागूऔषध बिक्री गर्दै गरेको अवस्थामा पाँचजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा कमल-५ बस्ने २७ वर्षीय बिष्णु राजवंशी , कमल ३ बस्ने २२ वर्षीय मौसम तामाङ , वडा नं. १ बस्ने १८ वर्षीय सावन जवेगु , शिवसताक्षी-११ बस्ने २१ वर्षीय रुस्तम बर्देवा र सोही ठाउँ बस्ने १९ वर्षीय रुचल मगर रहेका छन् ।

राजवंशीको घर कोठाबाट ट्रामाडोल ८०० क्याप्सुल, स्पास्पेन ३०० ट्याब्लेट, र डिसाइक्लोमिन ५०० ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

बिहिवार, कार्तिक १४, २०८२ | अपराध, जिल्ला समाचार, समाज

सम्बन्धित खबर