
काठमाडौँ । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। शिवनाथबाट आइरहेको से १ ज ७३२ नम्बरको जीप मेलौली नगरपालिका-७ स्वाखानीमा गएराति दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका मेलौली-२ की २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बल्देव बडूले जानकारी दिए।घाइतेहरूलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाएको प्रहरीले जनाएको छ।


