२०८२ कार्तिक १२, मङ्गलवार , १०:१९:४० बजे

Sajhamanch
'

गएराति २ घण्टा बन्द भएको आँबुखैरेनी–मुग्लिन सडकमा गाडी चल्न थाले

मङ्गलवार, कार्तिक १२, २०८२

काठमाडौं । गएराति दुई घण्टा पूर्ण रूपमा बन्द भएको पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्डमा गाडी चल्न थालेका छन् ।

आँबुखैरेनी गाउँपालिका–४ साँखरमा भूकम्प प्रतिरोधकता परीक्षणका लागि गएराति १२ बजेदेखि आज बिहान २ बजेसम्म सडकखण्ड पूर्ण रूपमा बन्द गरिएको थियो ।

साँखरमा पहिरो नियन्त्रणका लागि भूकम्प प्रतिरोधकता परीक्षण अध्ययन गर्नुपर्ने भएकाले सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मङ्गलवार, कार्तिक १२, २०८२ | समाज

सम्बन्धित खबर