
काठमाडौं । काभा कप पुरुष भलिबलमा नेपाल अफगानिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको छ ।
बङ्गलादेशको ढाकामा रहेको इन्डर हलमा आज भएको खेलमा नेपाल अफगानिस्तानसँग २५–१८, २५–१७ र २५–२१ ले पराजित भयो । प्रतियोगितामा नेपालको यो तेस्रो हार बेहोरेको हो । योसँगै नेपाल शीर्ष दुईमा रहेर फाइनल पुग्ने सम्भावना सकिएको छ ।
यसअघि नेपाल तुर्कमेनिस्तान र बङ्गलादेशसँग पराजित भएको थियो । तेस्रो खेलमा भने नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराएको थियो ।


