२०८२ कार्तिक १०, आइतवार , ०३:२६:३९ बजे

Sajhamanch
'

अमेरिकाले दियो नेपाललाई २६३ रनको लक्ष्य

आइतवार, कार्तिक १०, २०८२

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा टस हारेर ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनायो । अमेरिकाका स्मित पटेलले ७५, मिलिन्द कुमारले नटआउट ७० रन बनाए । नेपालका सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले १/१ विकेट लिए ।

आजदेखि शुरू भएको घरेलु टोली यूएई, नेपाल र अमेरिका सम्मिलित शृङ्खला आउँदो बुधवार कात्तिक १९ गतेसम्म चल्नेछ । प्रतियोगितामा हरेक टोलीले एक अर्कासँग समान दुई खेल खेल्नेछन् ।

आठ वटा टोली सम्मिलित लिग–२ मा नेपाल १६ खेलमा १२ अङ्कसहित तालिकाको सातौं स्थानमा छ । यस्तै अमेरिका २० खेलमा २८ अङ्कसहित दोस्रो र यूएई १६ खेलमा ६ अङ्कसहित पुछारमा छ ।

आइतवार, कार्तिक १०, २०८२ | खेलकुद, समाज

सम्बन्धित खबर