२०८२ कार्तिक ५, मङ्गलवार , १२:५५:०७ बजे

Sajhamanch
'

केर्खाको उद्यमशील महिला जागरण केन्द्रको अध्यक्षमा पुनः शान्ता उप्रेती

मङ्गलवार, कार्तिक ५, २०८२

कमल । कमल गाउँपालिका वडा नं. ३ केर्खामा रहेको उद्यमशील महिला जागरण केन्द्रको सातौं वार्षिक साधारण सभाले शान्ता उप्रेती दाहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै आइतबार सम्पन्न भएको छ ।

केन्द्रको उपाध्यक्षमा हेमलता भट्टराई गुरागाईं, सचिवमा यसोदा पौडेल दाहाल, सहसचिवमा चन्द्रा नेपाली, कोषाध्यक्षमा इन्दिरा गौतम चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा मिथिला श्रेष्ठ, अस्मिता चेम्जोङ्ग, तुलसा न्यौपाने, टिकामाया थापा, मनमाया कार्की र अम्बिका दाहाल चयन हुनुभएको निर्वाचन समितिका सदस्य चक्रबहादुर गुरुङ्गले जानकारी दिनुभयो ।

संस्थाले साधारण सभाको अवसरमा संस्थालाई सहयोग पुर्याउने कोशी प्रदेशका पूर्व सांसद इन्दिरा राई र संस्थाले प्रदान गरेको तालिम पछि आफू उद्यमी बन्दै अरुलाई समेत उद्यमी बन्न प्रेरित गरेकोमा सदस्य हिमकला चापागाईलाई खादा तथा सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष शान्ता उप्रेती दाहालको अध्यक्षतामा भएको साधारण सभामा कोशी प्रदेशका पूर्व सांसद इन्दिरा राई, कमल गापा वडा नं. ३ का वडाध्यक्ष अग्निप्रसाद कोइराला, समावेशी महिला शसक्तिकरणका अध्यक्ष पूर्णिमा देवान, कमल ४ का महिला वडा सदस्य जमुना खतिवडा लगायतले साधारण सभाको सफलताका शुभकामना व्यक्त गर्दै नव निर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम संस्थाका सचिव नन्दाकुमारी लिम्बूले सञ्चालन गर्नु भएको थियो ।

सम्बन्धित खबर