२०८२ कार्तिक २, शनिवार , ०८:२८:३७ बजे

Sajhamanch
'

मुग्लिङ- नारायणगढ सडकमा दुर्घटना , २१ जना घाइते

शनिवार, कार्तिक २, २०८२

काठमाडौँ । मुग्लिङ-नारायणगढ सडक खण्डमा सातवटा गाडी ठोक्किँदा २१ जना घाइते भएका छन्।

इच्छाकामना गाउँपालिका अन्र्तगत गाइघाट खण्डमा एउटा ट्रकले बसलाई ठक्कर दिएपछि अन्य गाडी पनि सोही गाडी र ट्रकमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।

उनका अनुसार शुरुमा बा ४ ख ७४२० नम्बरको बस र ना ८ ख ६६२९ नम्बरको ट्रक ठोक्किएका थिए। त्यसपछि रहेका सवारी साधन एकपछि अर्को गर्दै ठोक्किएका थिए।

बसका चालकको च्यापिएको अवस्थामा उद्धार गरिएको र थप उद्धारको काम भइरहेको प्रहरीले जानकारी दिएको छ। ट्रक र गाडीको अगाडिको भागमा क्षति पुगेको छ भने अन्य गाडीमा सामान्य क्षति भएको प्रहरीले बताएको छ।

घाइते भएकामध्ये १३ जना नेसनल सिटी अस्पतालमा, चार जना चितवन मेडिकल कलेजमा र चार जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परका सवारीसानधान हटाउन नसक्दा सवारी आवागमन ठप्प भएको छ।

सम्बन्धित खबर