
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ५० हजार ९०० पुगेको छ।
बुधबार एक तोला सुन २ लाख ४८ हजार ९०० रुपैयाँमा खरिद बिक्री भएको थियो।
सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। आज एक तोला चाँदी ३ हजार २७० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ।
बुधबार एक तोला चाँदीको मूल्य ३ हजार २४० रुपैयाँ पुगेको थियो।