२०८२ असोज २७, सोमवार , १०:५१:५६ बजे

Sajhamanch
'

अर्जुनधारामा लडेर एक जनाको मृत्यु

सोमवार, असोज २७, २०८२

झााप । झापाको अर्जुनधारामा लडेर एकजनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ः३० बजे अर्जुनधारा-५ कन्चनबारीस्थित भित्री कच्ची सडक खण्डको किनारामा इलाम फिक्कल कन्याम घर बताउने मिस्त्री काम गरी हिँड्ने वर्ष अन्दाजी ३५ का चन्द्र लाप्चा लडेर मृत अवस्थामा फेला परेका हुन् ।

स्थानीयले खबर गरेपछि कानुनी प्रक्रिया तथा थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली गएको प्रहरीले जनाएको छ ।