
काठमाडौं । आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ मा संयुक्त अरब इमिरेट्स (यूएई) सँगको खेलमा नेपालले टस जितेको छ ।
ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । आजको खेलमा नेपालले समूह चरणमा कुवेत र जापानसँग खेलेको टोलीलाई नै निरन्तरता दिएको छ ।
यस्तो छ नेपाली टोली–
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।