२०८२ असोज २६, आइतवार , ११:०९:५९ बजे

Sajhamanch
'

टी–२० विश्वकप छनोटको सुपर सिक्समा नेपालले आज यूएईसँग खेल्दै

आइतवार, असोज २६, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटको सुपर सिक्समा पुगेको नेपालले आज यूएईसँग खेल्दैछ । खेल ओमानमा नेपाली समयअनुसार दिउँसो सवा ४ बजे शुरु हुनेछ ।

सुपर सिक्समा नेपालले यूएईसहित कतार, ओमान र सामोआसँग खेल्ने छ । सुपर सिक्समा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन् । नेपाल र यूएईले सुपर सिक्समा दुई अङ्क जोडेका छन् ।

नेपालले समूह चरणको खेलमा जापानसँग खेलेका कारण सुपर सिक्समा जापानी टोलीसँग खेल्न पर्ने छैन । नेपालले सुपर सिक्समा भोलि कतारसँग खेल्नेछ ।

यस्तै बुधवार ओमान र शुक्रवार सामोआसँग खेल्नेछ । सुपर सिक्समा शीर्ष तीनमा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।

सम्बन्धित खबर