
काठमाडौं । दोलाखाको बिगु गाउँपालिका-१ को लप्ची गुम्बाबाट फर्कने क्रममा फसेका चार जना विदेशी पर्यटकको आज उद्धार गरिएको छ । ध्यान तथा भ्रमणमा गएका रुसका दुई र स्वीजरल्याण्डका दुई जना पर्यटकको उद्धार गरिएको हो ।
चार जना पर्यटक असोज २१ गते लप्ची गुम्बाबाट काठमाडौं फर्कने क्रममा दोलखाको लामाबगरको लप्ची सडकको कच्ची बाटोमा सुख्खा पहिरो गई अलपत्र परेका हुन् । आज बिहान सुरक्षाकर्मीको संयुक्त टोलीले उद्धार गरी काठमाडौंतर्फ पठाएको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।