२०८२ असोज २३, बिहिवार , १०:१२:३३ बजे

Sajhamanch
'

कनकाई पुल तत्काल बनाउनु पर्ने माग राख्दै स्थानीयको धर्ना

बिहिवार, असोज २३, २०८२

झापा । विगत १५ वर्षदेखि अलपत्र पारिएको गौरीगंज र झापा गाउँपालिका जोड्ने कनकाई पुललाई तत्काल बनाउन सुरु गर्नुपर्ने माग राख्दै विभिन्न नारा लेखिएका प्लेकार्डसहित स्थानीयले एक घण्टा धर्ना दिएका छन् ।

बुधवार बिहान १० देखि ११ बजेसम्म गौरीगंज गाउँपालिका-१ स्थित कनकाई माईपुलमा करिब १७/१८ जना स्थानीयवासी स्थानीय मुकेश राजवंशीको नेतृत्वमा गौरीगंज र झापा गाउँपालिका जोड्ने पुल विगत १५ वर्षदेखि हुँदा स्थानीयवासीले वर्षायाममा धेरै सास्ती पाएको र बर्सेनि माई खोलाको पानी बस्तीमा पसेर अन्नबाली र धनजनको क्षति गरेकाले तत्काल बनाउन सुरु गर्नु पर्ने माग राखेका हुन् ।

यो कार्यक्रमबाट स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारलाई विरोध स्वरूप ध्यानाकर्षण गराइएको र तत्काल पुल बनाउन सुरु नगरे फेरि विरोध कार्यक्रम गर्ने उनीहरूले बताएका छन् ।

बिहिवार, असोज २३, २०८२ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर