२०८२ असोज २१, मङ्गलवार , ०२:०४:४१ बजे

Sajhamanch
'

महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनिन् इन्दु बर्मा

मङ्गलवार, असोज २१, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु वर्माले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गरेकी छिन् । इन्दु महिला टी–२० क्रिकेटमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेकी हुन् ।

मलेशियासँगको शृङ्खला अन्तर्गत आज भएको चौथो खेलमा नटआउट ४८ रन जोड्दै २८ वर्षीया इन्दुले यो उपलब्धि हासिल गरेकी छिन् । उनले ७७ खेलमा १ अर्धशतकसहित १८ दशमलव ७८ को औसतमा १ हजार ४३ रन बनाएकी छिन् ।

योसँगै इन्दु वर्मा नेपालका लागि महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको शीर्ष स्थानमा पुगेकी छिन् । यो सूचीमा सीता राना मगर ६३ खेलमा ९६५ रनसहित दोस्रो र रुबिना क्षेत्री ७८ खेलमा ९३६ रनसहित तेस्रो स्थानमा छन् ।

आजको चौथो खेलमा मलेशियालाई ६ विकेटले हराएसँगै नेपालले ५ खेलको शृङ्खलामा २–२ को बराबरी गरेको छ । मलेशियाले दिएको ११२ रनको लक्ष्य नेपालले १५ बल बाँकी छँदै ४ विकेट गुमाएर भेटायो । शृङ्खलाको अन्तिम तथा निर्णायक खेल भोलि हुनेछ ।

सम्बन्धित खबर