
झापा । भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल परिसरबाटै गएराति बिरामीको एउटा अटो चोरी भएको छ । अस्पतालको नयाँ भवनको आकस्मिक कक्षमा उपचार गराइरहेका भद्रपुर नगरपालिका-३ ज्ञानेचोक निवासी सन्तोषकुमार तामाङको प्र-१-०१-००१ ह ७५७२ को टिभीएस कम्पनीको काले रङ्गको अटो चोरी भएको हो ।
बिरामीका आफन्तले बिहान अस्पतालमा परिसरमा पार्किङ गरी राखिएको अटो नदेखेपछि चोरी भएको भन्दै वडा कार्यालय भद्रपुरमा उजुरी दिएका छन् । प्रहरीले अटो खोज तलासमा लागि परेको जनाइएको छ ।