२०८२ असोज १०, शुक्रवार , ०८:०८:३६ बजे

Sajhamanch
'

वल्डलिङ्कले ल्यायो दशैं तिहार अफर

शुक्रवार, असोज १०, २०८२

(प्रोमोशनल कन्टेन्ट)

झापा । इन्टरनेट सेवा प्रदायक संस्था वल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आफ्ना ग्राहकका लागि कार उपहार र विदेश भ्रमण सहितको दशैं विशेष अफर ल्याएको छ ।

खल्ती आइएमई वालेटबाट वल्डलिङ्कको रिचार्ज गर्दा विभिन्न देश घुम्ने र कार उपहार जित्ने अवसर पाइने भएको हो ।

दशैं बिशेष अफरमा वल्डलिङ्कले ल्याएको बम्पर उपहार योजना अन्तर्गत खल्ती मोबाईल एप मार्फत वल्डलिङ्कको रिचार्ज भुक्तानी गर्दा भाग्यशाली १२ जोडीलाई थाइल्याण्ड, सिङ्गापुर, भियतनाम, दुवई र मलेसिया घुम्ने अवसर पाउने छन ।

त्यस्तै एक जना भाग्यशाली ग्राहकले डिपल कम्पनीको SO5 मोडेलको EV कार उपहार जित्ने अवसर पाउने वल्डलिङ्कले जनाएको छ ।

अफरमा सहभागी हुन ग्राहकहरुले खल्तीमार्फत आफ्नो बिल भुक्तानी गर्नु पर्नेछ । एक महिनाको बिल तिर्ने ग्राहकले एउटा कुपन, तीन महिनाको बिल तिर्नेले दुईवटा कुपन र १२ महिनाको बिल तिर्नेले पाँचवटा कुपन एसएमएसमार्फत प्राप्त गर्नेछन ।

ग्राहकले प्राप्त गरेको कुपन मार्फत उनीहरु स्वतः लक्की ड्रमा समावेश हुनेछन् भने जति धेरै भुक्तानी त्यति धेरै उपहार जित्ने अवसर पनि पाइने सम्भावना हुनेछ ।

योजना अनुसार खल्तीबाट वल्डलिङ्कको इन्टरनेट प्याकेज खरिद गरे वा नविकरण गरेमा साम्सुङ कम्पनीका बिभिन्न उत्पदन्हरुमा ४० प्रतिशतसम्म छुट पनि पाउन सकिनेछ ।

सम्बन्धित खबर