२०८२ असोज १०, शुक्रवार , ०५:५७:२४ बजे

Sajhamanch
'

दशैँ तिहारको बिदामा अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

शुक्रवार, असोज १०, २०८२

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दशैँ तिहारको बिदामा अस्पताल सञ्चालन गर्न निर्देशन दिएको छ।मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा.प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै दशै तिहारको बिदामा अस्पतालको सेवा सञ्चालन गर्न निर्देशन दिनुभएको हो ।

दशैँ, तिहार, छठ पर्वमा लामो बिदा हुने भएकाले बिरामीलाई लामो समय पर्खनुपर्ने अवस्था आउन नदिन मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयले उपलब्ध जनशक्ति र स्रोत साधनलाई व्यवस्थित तथा प्रभावकारी रुपले उपयोग गरी आआफ्नो स्वास्थ्य संस्थाबाट बिदाको दिनमा पनि नियमित सेवा र अत्यावश्यक सेवा इमर्जेन्सी, शल्यक्रिया सेवाहरु सदाझैँ यथावत् रुपमा सञ्चालन गर्न गराउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

शुक्रवार, असोज १०, २०८२ | समाज, स्वास्थ्य

सम्बन्धित खबर