२०८२ असोज ९, बिहिवार , ०६:२८:२२ बजे

Sajhamanch
'

तुइनखोलाको पहिरो ६० प्रतिशत पन्छाइयो : सडक डिभिजन कार्यालय

बिहिवार, असोज ९, २०८२

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डको तुइनखोला नजिकै झरेको पहिरो पन्छाउनका लागि दुवै तर्फबाट काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

कार्यालयका अनुसार अहिले नारायणगढ तर्फबाट एउटा एक्स्काभेटर, एउटा लोडर र मुग्लिन तर्फबाट २ वटा लोडर तथा एउटा एक्स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । काम गर्ने क्षेत्र साँघुरो भएकोले एक पटकमा दुवै तर्फबाट गरी ५ वटा उपकरणले मात्रै काम गर्न सक्ने अवस्था रहेको कार्यालयले जनाएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरले अहिलेसम्म ६० प्रतिशत पहिरो पन्छाउने काम भइसकेको जनाएको छ ।

बिहिवार, असोज ९, २०८२ | समाज

सम्बन्धित खबर