२०८२ असोज ९, बिहिवार , ०१:३८:४५ बजे

Sajhamanch
'

जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा रहेका थुनुवाको मृत्यु

बिहिवार, असोज ९, २०८२

झापा । झापामा एक थुनुवाको उपचारको क्रममा मृत्यु भएको छ । मृतक भद्रपुर नगरपालिका–२ का ३९ वर्षीय थपेन्द्रबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार कार्की हाडनाता करणी गरेको आरोपमा पक्राउ परेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा थिए । बुधबार दिउँसो १२ बजेतिर टाउकोसम्बन्धी समस्या देखिएपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो ।

सिटी स्क्यान गर्दा टाउकोमा रगत जमेको देखिएपछि थप उपचारका लागि कार्कीलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो । तर, त्यहाँ उपचारको क्रममा बुधबार राति १०ः१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर