२०८२ असोज ७, मङ्गलवार , ०५:२१:५६ बजे

Sajhamanch
'

झापामा खुकुरी प्रहार गरी छिमेकीको हत्या, दाजुभाइ पक्राउ

मङ्गलवार, असोज ७, २०८२

झापा । झापामा धारिलो हतियार खुकुरी प्रहार गरी एक जनाको हत्या गरिएको छ । घटनामा संलग्न दाजुभाइ पक्राउ परेका छन् ।

गएराति बिर्तामोड नगरपालिका-७ स्थित खोलापारी भन्ने ठाउँका २८ वर्षीय प्रेमकुमार राई र उनका दाजु ३३ वर्षीय रामकुमार राईले सोही ठाउँका छिमेकी अन्दाजी ३५ वर्षीय फुर्वा तामाङलाई खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिनुभयो ।

उनीहरूले घरमा सुतिरहेका तामाङको शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरेका थिए । हत्या गर्ने व्यक्तिलाई स्थानीय गाउँलेले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् । घटनामा प्रयोग भएको खुकुरी र बसिला प्रहरीले बरामद गरेको छ ।

आरोपी दाजुभाईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको डीएसपी खडकाले बताउनु भयो । यता गाउँलेका अनुसार समयमै प्रहरी नआउँदा हत्यामा संलग्न प्रेमकुमार राईले मदिरा सेवन गरी अन्य स्थानीयलाई समेत हत्या गर्छु भनी आतंकित बनाएका थिए ।

सम्बन्धित खबर