२०८२ असोज ७, मङ्गलवार , ०६:३६:०२ बजे

Sajhamanch
'

पोखरीमा डुबेर सप्तरीमा २ जना बालिकाको ज्यान गयो

मङ्गलवार, असोज ७, २०८२

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका–२ मा रहेको हर्दिया पोखरीमा डुबेर आज दुई जना बालिकाको ज्यान गएको छ । स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका र केशर चौधरीकी ११ वर्षीया छोरी आशकीको पोखरीमा डुबेर ज्यान गएको हो ।

पोखरीमा नुहाउने क्रममा डुबेर दुवै बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । घटनाबारे स्थानीयवासीले जानकारी गराएपछि प्रहरीले पोखरीबाट शव निकालेको थियो ।

मङ्गलवार, असोज ७, २०८२ | समाज

सम्बन्धित खबर