
काठमाडौं । सरकारले तीन जना सचिवको सरुवा गरेको छ । गृहसचिव गोकर्णमणि दुवाडी, रक्षासचिव रामेश्वर दङ्गाल र राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्याल सरुवा भएका हुन् ।
आइतवार बेलुका बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार गृहसचिव दुवाडीलाई योजना आयोगमा पठाइएको छ । गृहसचिवमा रामेश्वर दङ्गाललाई ल्याइएको छ । रक्षासचिवमा योजना आयोगका सचिव अर्याललाई पठाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।
हिजो सार्वजनिक बिदा भएकाले आज मुख्यसचिव एकनारायण अर्यालले सरुवा प्रमाणित गर्नुभएको हो ।