
काठमाडौं । एशिया कप टी–२० क्रिकेट अन्तर्गत सुपर–४ मा आज पाकिस्तान र श्रीलङ्का खेल्दैछन् । खेल अबुधाबीमा नेपाली समयानुसार बेलुकी सवा ८ बजे शुरू हुनेछ । सुपर–४ मा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेश पुगेका हुन् ।
श्रीलंका र पाकिस्तानले टी २० अन्तर्राष्ट्रिय खेलमा एक अर्काविरुद्ध लामो समयदेखि खेलेका छैनन् । एशिया कप टी–२० क्रिकेटमा सुपर–४ को दोस्रो खेलमा हिजो भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो ।