
झापा । गएराति ९ बजे हल्दिवारी गाउँपालिका –२ जीवनवारी बस्ने सशस्त्र प्रहरी वरिष्ठ हवलदार वीरेन राजवंशीका ९ वर्षीय छोरा आयुष राजवंशी आफ्नै घरको मुल ढोकामा सारीको पासो लगाई झुन्डिएर आत्महत्या गरेका हुन् ।
उनको शव फेला परेको खबर पाउन साथ प्रहरी चौकी हल्दीबारीबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली गएर सम्पुर्ण कानुनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ ।