२०८२ भदौ ३१, मङ्गलवार , ०७:२४:११ बजे

Sajhamanch
'

जेन्जी आन्दोलनमा घाइते अनिशका परिवारको अपिल

मङ्गलवार, भदौ ३१, २०८२

हल्दिबारी । जेन्जी आन्दोलनको क्रममा गोली लागेर घाइते भएका झापाको हल्दीबारी–२ का २२ वर्षीय अनिश श्रेष्ठको परिवारले राज्यसँग उचित न्यायको माग गरेका छन्।

अनिशका बुबा मोहन श्रेष्ठले आन्दोलनका क्रममा छातीमा गोली लागेका छोराको अवस्था गम्भीर रहेको बताउँदै मृतक र घाइते परिवारको पीडाप्रति राज्यले संवेदनशील बन्नुपर्ने माग गरेका हुन्।

अनिशलाई बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय नजिकैको झडपमा गोली लागेको थियो। उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ।

मोहन श्रेष्ठले आन्दोलनको नेतृत्व गर्ने व्यक्तिहरूले हालसम्म पीडित परिवारलाई भेट्नसमेत नआएको भन्दै असन्तोष पनि व्यक्त गरेका छन्।

उनले भने, “फोनमा आउँछौं भन्छन् तर आउँदैनन्। हाम्रा छोराहरूलाई बलि बनाएर उनीहरू राज्य सत्ता साटिरहेका छन्, यसमा हाम्रो घोर आपत्ति छ।”

परिवारले आन्दोलनका क्रममा मृत्यु हुने र घाइते हुनेहरूलाई सरकार र आन्दोलन नेतृत्व दुवै पक्षले बेवास्ता गरेको आरोप लगाएका छन्।

सम्बन्धित खबर