
झापा । झापाको कमल गाउँपालिकामा सोमबारदेखि सम्पूर्ण सेवा नियमित रुपमा सञ्चालनमा आएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण बन्द भएको सेवा सोमबार देखी पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
जेनजी आन्दोलनका कारण देशभर ठुलो क्षति भई रहँदा कमल गाउँपालिकामा भने सामान्य क्षति भएकोले गर्दा नियमित रुपमा सेवा सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताउनु भयो।
जेजनी आन्दोलनका क्रममा गाउँपालिकाको वडा नम्बर १ र ७ मा समान्य क्षति भएको तर पालिका र अन्य वडामा कुनै पनि क्षति नभएकोले समेत नागरिकलाई नियमित सेवा दिन सकिएको अध्यक्ष राईले बताउनु भयो ।
झापाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा झापाका १५ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको मिटिङले सम्भव भएसम्म नागरिकलाई नियमित सेवा प्रदान गर्ने भन्ने निर्णय भए बमोजिम गाउँपालिका लगायत मातहतका सम्पूर्ण सेवा सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकालले बताउनु भयो ।