२०८२ भदौ ३०, सोमवार , ०७:५०:१४ बजे

Sajhamanch
'

कमल गाउँपालिकामा आजदेखि सेवा सञ्चालनमा

सोमवार, भदौ ३०, २०८२

कमल । झापाको कमल गाउँपालिकामा आज (सोमबार)देखि सम्पूर्ण सेवा सञ्चालनमा ल्याइएको छ । भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण बन्द भएको सेवा सोमबारदेखि पूर्णरुपमा सञ्चालनमा ल्याइाएको हो ।

जेनजी आन्दोलनका कारण देशभरका पालिका र वडा कार्यालयहरुमा ठूलो क्षति भइरहँदा कमल गाउँपालिकामा भने सामान्यमात्र क्षति गरिएकाले तत्काल नियमित सेवा सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताउनु भयो ।

जेननी आन्दोलनका क्रममा गाउँपालिकाको वडा नम्बर १ र ७ का कार्यालयमा समान्य क्षति भएको तर पालिका र अन्य वडामा कुनै पनि क्षति नभएकोले नागरिकलाई नियमित सेवा दिन सकिएको अध्यक्ष राईको भनाई छ ।

भदौ २९ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा झापाका १५ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको बैठकले सम्भव भएसम्म नागरिकलाई नियमित सेवा प्रदान गर्ने भन्ने निर्णय भएको थियो ।

कमल गाउँपालिका कार्यालय लगायत मातहतका सम्पूर्ण सेवाहरु सञ्चालन गर्न खासै अप्ठ्यारो नपर्ने भएकाले सुचारु गरिएको प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालले प्रष्ट पार्नुभयो ।

सम्बन्धित खबर