
काठमाडौं । १७ वर्षमूनीको साफ फुटबल प्रतियोगितामा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुकी सवा सात बजे कोलम्बोमा हुनेछ । प्रतियोगिता आजदेखि आउँदो असोज ११ गतेसम्म चल्नेछ । समूह ‘ए’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली श्रीलङ्काको सामना गर्न लागेको हो ।
नेपालले असोज १ गते बङ्गलादेशसँग खेल्नेछ । समूह ‘ए’ मा श्रीलङ्का, नेपाल र बङ्गलादेश तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन् । साफ च्याम्पियनसिप खेल्न नेपाली टोली अस्ति शनिवार श्रीलङ्का गएको थियो ।