
काठमाडौं । जेनजी आन्दोलनको भोलेन्टियर भनी चिनाउने तर सेनादेखि राष्ट्रपति कार्यालयसम्म वार्ता गर्न जाने सुदन गुरूङको समूहले गए राति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ।
आफूहरूसँग सल्लाह नै नगरी मन्त्रिपरिषद् विस्तार गरिएको भन्दै जेन–जीको अगुवा दाबी गर्ने सुदन गुरूङ समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन र नाराबाजी गरेको हो।
उनीहरूले विभिन्न धम्की दिँदै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामासमेत मागेका थिए।
‘हामी फेरि सडकमा आयौं भने कसैले रोक्न सक्दैन। जुन ठाउँमा हामीले राखेका छौं। त्यहीँबाट थुतेर निकाल्छौं,’ नाराबाजी गर्न पुगेका गुरूङले आक्रोशित मुद्रामा भनेका थिए, ‘ओमप्रकाश अर्याल, लयर ……, उनले आफै गृहमन्त्री बनाउँदा रहेछन्, भित्र बसेर !’ उनले भने।
गुरुङ समूहले आन्दोलनका घाइते र मृतकका आफन्तहरु लिएर प्रदर्शन गर्न गएका थिए।