२०८२ भदौ २९, आइतवार , ०२:२९:४६ बजे

Sajhamanch
'

७३० राउण्ड गोलीसहित आठ जना पक्राउ

आइतवार, भदौ २९, २०८२

काठमाडौं । बनेपा नगरपालिका–९ बाट ७३० राउण्ड गोलीसहित ८ जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उक्त नगरपालिकाको सोही वडाका २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ र १५ वर्षका किशोर, बाराका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका–६ का २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका–२ का २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका–१० का ३४ वर्षीय अछुत खड्कालाई शनिबार काभ्रे जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले शनिबार राति पक्राउ गरेको हो ।

आइतवार, भदौ २९, २०८२ | अपराध, समाज

सम्बन्धित खबर