२०८२ भदौ २१, शनिवार , १२:४२:०८ बजे

Sajhamanch
'

अमेरिकाले ‘डीपोर्ट’ गरेका १९ जना काठमाडौं आइपुगे

शुक्रवार, भदौ २०, २०८२

काठमाडौं । अमेरिकाले देश निकाला (डीपोर्ट) गरेका थप १९ जना नेपाली हिजो साँझ काठमाडौं आइपुगेका छन् । डीपोर्ट भएर नेपाल आउनेमा दुई जना महिला र १७ पुरुष छन् ।

उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर थप सोधपुछका लागि नेपाल प्रहरीलाई बुझाएको वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले जानकारी दिनुभयो । यसअघि अमेरिकाबाट विभिन्न चरणमा २१५ नेपाली डीपोर्ट भएर नेपाल आइसकेका छन् ।

शुक्रवार, भदौ २०, २०८२ | समाज

सम्बन्धित खबर