२०८२ भदौ २२, आइतवार , ०१:२३:१८ बजे

Sajhamanch
'

बिर्तामोडमा जंगली हात्तीद्वारा धानबालीमा क्षति

बिहिवार, भदौ १९, २०८२

झापा । झापाको बिर्तामोड नगरपालिका–७, खालवारीमा जंगली हात्तीले धानबालीमा क्षति पुर्याएको छ ।

बुधबार राति नजिकैको जंगलबाट आएको तीन वटा हात्तीले स्थानीय कृष्णप्रसाद खरेलको करिब ७ कठ्ठा क्षेत्रफलमा रहेको धानबालीमा क्षति पुर्याएको हो । खेतमा हात्तीले धान खाई र कुल्चिँदा करिब ३० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हात्तीहरू राती नै जंगलतर्फ फर्किएको जनाइएको छ। स्थानीय बासिन्दाहरूले वन क्षेत्र नजिकको बस्तीमा हात्तीको बढ्दो प्रवेशप्रति चिन्ता व्यक्त गरेका छन्। सम्बन्धित निकायले वन्यजन्तु नियन्त्रण तथा क्षतिपूर्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

सम्बन्धित खबर